संसदमा आज देउवा, ओली र प्रचण्डको सम्बोधन

संसदमा आज देउवा, ओली र प्रचण्डको सम्बोधन

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ।  आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ।

सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद हेरफेरको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

नेपाली कांग्रेस सत्ताबाट प्रतिपक्षमा पुगेको छ। उसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

यस्तै एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्रीको सचिवालयले पनि आज प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दियो।

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij