JanataToday.com

Advertisment

SKIP THIS

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

काठमाडौं – घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ ।

यस खेलमा विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले त्यसका लागि यो खेल जित्नैपर्नेछ ।

दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग पराजित भएका थिए ।

नेपाल पहिलो खेलमै बंगलादेशसँग २-० ले पराजित भएको थियो भने त्यसपछि भुटानलाई ३-० ले पराजित गरेको थियो ।

उता भुटानलाई पहिलो खेलमा ७-० ले हराएर सानदार सुरुवात गरेको भारत भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भयो । लगातार दुई खेल जितेको बंगलादेशले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । यस्तै लगातार दुई खेल हारेको भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ ।

बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । भुटान अंकविहीन हुँदै पुछारमा छ । बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij