बुटवल -बुटवल उपमहानगरपालिका नहरपुर ११ स्थित इडन बोर्डिङ स्कुलले स्काउट पहिलो दिक्षान्त समारोह कार्यक्रम तथा हाईकिङ कार्यक्रम सम्पन्न गरेको छ ।
स्काउट अन्तर्गत सञ्चालन भएको इडन स्काउट ट्रुपमा गर्ल्स स्काउट दल तथा बोइज स्काउट दल , इडन छात्र छात्रा स्काउट विद्यार्थीहरूको पहिलो दिक्षान्त समारोहको कार्यक्रम तथा हाईकिङ कार्यक्रम सम्पन्न भएको छ । स्काउटिङ् शिक्षा एउटा स्वैच्छिक एवम् स्वशिक्षा आर्जन गर्दै स्वयम हरेक क्षेत्रमा जिम्मेवार बन्दै जानु हो ।
जुन शिक्षाले स-साना बाल/बालिका र युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक, भावनात्मक र आध्यात्मिक विकासलाई प्रोत्साहित गर्दछ। जसले गर्दा उनीहरूले जिम्मेवार नागरिकको रूपमा र उनीहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको सदस्यको रूपमा समाजमा रचनात्मक स्थान लिनसकुन भन्ने उद्देश्य बुटवल १३ नयाँँगाउँ अवस्थित प्रस्तावित जियोलोजिकल पार्कमा सम्पन्न भएको कार्यक्रममा नवनियुक्त बुटवल उपमहानगरपालिकाका आयुक्त नवराज खरेलले सहजिकरण गर्नुभएको थियो। कार्यक्रममा छात्र स्काउटतर्फ दुईवटा पेट्रोल छात्रा स्काउटतर्फ दुईवटा पेट्रोल गरी कुल चार पेट्रोल सहभागी दीक्षान्त समारोहमा इडन बोर्डिङ स्कुल सञ्चालक समिति अध्यक्ष नकुल शाही ठकुरी, इडन बोर्डिङ स्कुलका प्रधानाध्यापक शिवहरी भट्टराई इडन बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक जगत पौडेल, इडन बोर्डिङ स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्याल इडन स्काउट क्रियुका सदस्य नवराज लम्साल र संगीत आत्रेयको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्