वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाण्डाै – वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित ३२ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा अहिले कर्णाली प्रदेशका प्रदेश सभा सदस्य शाही, नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी जहाज खरिदमा भएको अनियमितताका सम्बन्धमा २४ जना नेपाली र आठ जना विदेशी रहेका बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij