फास्ट ट्र्याक’ बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने सरकारकाे निर्णय

फास्ट ट्र्याक’ बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने सरकारकाे निर्णय

मन्त्रिपरिषद्को बैठक काठमाडौँ, ३० चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिरः प्रदीपराज÷वन्त

काठमाण्डाै – सरकारले ‘फास्ट ट्र्याक’ बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको र तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुभएको समस्या समाधानको प्रक्रिया शुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले सहकारीको समस्या नियमित प्रक्रियाबाट समाधान हुँदैन भन्ने कुरामा मन्त्रीहरू एकमत रहेका पनि बताउनुभयो ।त्यस्तै सरकारले डढेलो र आगलागी भएर जनधनको क्षति भएको र देशका विभिन्न क्षेत्रमा आगलागी र डढेलोको कारण भइरहेको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ ।i

प्रकाशित मिति : बिहिबार, बैशाख १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij