कपिलवस्तु । कपिलवस्तु नगरपालिका ३ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलका पछाडि बस्नेको मृत्यु भएको छ भने चालक सख्त घाइते भएका छन् ।
कपिलवस्तु ३, महिता चोक नजिकको मोडमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका ५, गडवाका २३ वर्षीय कुमार थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल एकजना सख्त घाइते भएका छन् ।
तौलिहवातर्फ आइरहेको लु.४४प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारू सख्त घाइते भएका छन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्