तिलोत्तमा
पत्रकारितामा स्थानीय तहका सवाल विषयक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी मिडियाको संयोजनमा एक दिने पत्रकारितामा स्थानीय तहका सवाल विषयक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले नगरपालिकाले गरेका कामका बारेमा पत्रकारहरुले सत्य तथ्य रुपले समाजको विकासका लागी कलम चलाउन आग्रह गर्नु भयो उहांले नगरपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका कार्यक्रम गरिरहेको र अन्य ब्यवसायिक रोजगारमुलक तालिमहरु पनि समय समयमा संचालन भैरहेको बताउनु भयो ।
समाज परिवर्तनका लागी राज्यको चौथो अंगका रूपमा स्थापित पत्रकारहरुसंग सहकार्य गरेर अगाडी बढ्ने समेत उहाँले सो अबसरमा बताउनु भयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले समाजले पत्रकारहरुका कामलाई हेर्ने गरेको र समाज परिवर्तनका बिषयमा जन गुनासोलाई सही रुपले बाहिर ल्याउन पनि तालिम आबश्यक छ भन्नुभयो । सहिलाई सहि र गलतलाई गलत भन्न पत्रकारले सक्नुपर्ने र यसका लागि क्षमता ,दक्षताको विकास गर्न पनि समय समयमा तालिमहरुको आयोजना हुनुपर्ने बताउदै उहाँले स्थानीय तहले त्यस्ता कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो । तालिमको प्रशिक्षण राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले गर्नु भएको थियो भने समापन कार्यक्रमको संचालन पत्रकार कमला पाण्डेयले गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्