बुटवलमा गृहणी महिलाका लागि कपडा सिलाउने तालिम शुरू

बुटवलमा गृहणी महिलाका लागि कपडा सिलाउने तालिम शुरू

बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । जातजातिका भेषभुषा सिलाउने तालिमको आईतबार बुटवल टेक्निकल ईन्ष्टिच्युट बिटिआईबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम शुरु गरिएको बताए।
समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए। उनले महिलाहरूलाई घरमै बसिबसी गर्न सक्ने कामलाई पनि उत्पादनसँग जोडिने बताए।
पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समाबेश गर्ने नगरको लक्ष्य रहेको बताउदै प्रमुख पाण्डेले तालिम पश्चात हरेक टोल टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए ।
प्रमुख पाण्डेले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठुलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए ।
उनले सिपसिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि बिक्रीवितरणको व्यवस्था मिलाईने बताए।
गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्माले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए। बुटवल टेक्निकल ईन्ष्टिच्युट बिटिआईका कार्यकारी निर्देशक अभिमन्यु पन्थीले महिलाहरुका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताए।
यस्तै, वडा नम्बर ६ मा शुरू भएको गुन्द्रुक र मस्यौरा बनाउने तालिम समापन भएको नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए।
बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टिका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना रहेको छ।
यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउने छन् ।

—————

प्रकाशित मिति : सोमबार, जेष्ठ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij