बुटवल,
फूलबारी बचत तथा ऋण सहकारी संस्था लि को मोवाइल बैकिङ्क ,सदस्यता कार्ड, कार्ड होल्डरहरुलाइ सद्धार्थ बिजनेस गरुप अफ हस्पिटालिटी बिच विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सहकारी का व्यवस्थापक नारायण भुालले बताए । उक्त सम्झौता अनुसार फुलबारी साकोसका शेयर सदस्यहरुले सिद्धार्थ बिजनेस गरुप अफ हस्पिटालिटीका बिभिन्न १९ वटा शाखाहरुमा शेयर सदस्य र सदस्यका परिवार लाई रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
फूलबारी बचत तथा ऋण सहकारीको तर्फबाट सचिब रोशन पाण्डे र व्यवस्थापक नारायण भुसालले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने सिद्धार्थ बिजनेस गरुप अफ हस्पिटालिटी का बुटवल शाखाका अपरेशन म्यानेजर केशब बस्याल र शुशिल भण्डारीले हस्ताक्षर गर्नुभएको सम्झौता गर्नुभएको थियो ।
वि.स. २०६४ सालमा बुटवल २ मैनाबगरमा स्थापना भएको फूलबारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य एवंम एकाघर सदस्यहरुमा विशेष छुट सहित सिद्धार्थ बिजनेस गरुप अफ हस्पिटालिटी सहमति भएको संस्थाका सचिव रोशन पाण्डेले बताएका छन ।
कार्यक्रममा फूलबारी सहकारीका सचिब रोशन पाण्डे व्वस्थापक नारायण भुसाल सिद्धार्थ बिजनेस गरुप अफ हस्पिटालिटीका अपरेशन म्यानेजर केशब बस्याल र शुशिल भण्डारीले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्