काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय पाँच रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्