कुलमानको दाबी : ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो

कुलमानको दाबी : ३ वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो

काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्। आज(शुक्रबार) पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्।

 

उनले भने, ‘३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ।’ उनले ८ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजारमा पुगेको पनि जानकारी दिए।

उनले भने, ‘विकट बस्ती पहिचान गरी विद्युतीकरण भइरहेको छ, सुकुम्बासी, चेपाङ बस्ती लगायत विपन्न घरमा निःशुल्क विद्युत्‌का लागि मिटर वितरण भएको छ।’

 

प्रकाशित मिति : शुक्रबार, साउन २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij