उद्यमशीलता तालिम सम्पन्न

उद्यमशीलता तालिम सम्पन्न

बुटवल-बुटवल ११ स्थित उद्यमशील ट्रेनिङ सेन्टरकाे अायाेजनामा उद्यमशीलतासम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सीप विकास तालिम केन्द्र बुटवलका संयाेजक धनेश्वर पन्थीले सीप सिकेपछि स्वराेजगार बन्नुपर्ने बताए । पन्थीले बाेल्ने मात्रै नभई व्यवहार पनि गरेर देखाउनु पर्ने बताए । भनाइ रकाम गराईमा फरक गर्ने मानिसको स्वभाव रहेकाले मानिसले साेचेजस्ताे नभएकाे बताए । प्रमुख अतिथि पन्थीले अागामी दिनमा उद्यमशील ट्रेनिङ सेन्टरसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

जाइका नेपालकाे सहयोगमा गत हप्ताबाट सुरु भएको तालिममा जापानबाट फर्केका नेपालीहरूलाई उद्यमशीलसम्बन्धि तालिम दिई उनीहरूकाे अार्थिक स्तरलाई माथि उठाउने उदेश्यले तालिम प्रदान गरिएको जाइका नेपालका प्रतिनिधि प्रशिक्षक निराजन पाेखरेलले बताए । प्रशिक्षक पाेखरेलले तालिम पश्चात् व्यवसायीलाई व्यवसायमा प्रविधिक सहयाेग गर्ने बताए ।
उद्यमशील ट्रेनिङ सेन्टरका सदस्य रेशम भट्टराईले  तालिमकाे सहि सदुपयोग गर्न अाग्रह गरे ।
तालिममा हाल १२ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे छ ।
सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव माधव गैरेले गरेका थिए ।

सेन्टरमा अब छिट्टै नै फाेटाेग्राफी , इलेक्ट्रिसियन , उद्घाेषण तथा भाषणकला , टिम विल्डिङ,  वारिष्टा , व्युटिसियन , लेखन तथा चित्रकलाका कक्षाहरू सञ्चालन हुने सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij