टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारकाे तयारी

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारकाे तयारी

काठमाण्डाै

सर्तहरू मान्न तयार भएपछि सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

नेपालको नीति नियम, गोपनीयताको सवाल र सामाजिक तथा सामाजिक सद्भावबारे गम्भीर रहेको र सर्तहरू पालना गर्ने प्रतिबद्धतापछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

टिकटकको एशिया प्रशान्त कार्यालयले इमेल पठाएर सरकारका शर्त मान्न सकिने जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रक्रिया पुर्‍याएर प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेकाे बताइएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि टिकटक खुल्नेछ ।

 

अस्लिल श्रब्यदृष्य बढ्दै जानथालेपछि गएको वर्षको कात्तिकमा तीन वटा ठूला दलको सहमतिमा प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij