इनरह्वील क्लब अफ बुटवलले महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिज मिलन कार्यक्रम गरेकाे छ ।
क्लवका सदस्यहरूबिच एकअापसमा मित्रता कायम गर्ने उदेश्यले तिज मिलन कार्यक्रम गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन अाई डब्लु अाशा श्रेष्ठले तिज पर्वलाई सबै नारीहरूले मर्यादित तरिकाले मनाउन अाग्रह गरिन् । उनले तिजलाई भड्किलाे र महङ्गो नबनाई सरल बनाउनु पर्ने बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले खुसी र सुखदुःख साट्ने , नाच्ने गाउनेमा मात्र सिमित नबनाई सशक्तीकरणका रुपमा लिनुपर्नेमा जाेड दिइन् ।
कार्यक्रममा पूर्व अध्यक्ष भारती जाेशीले तिजकाे अवसरमा यस प्रकारकाे कार्यक्रमले सबैसँग भेटघाट हुने अवसर जुरेकाे बताइन् । कार्यक्रममा अध्यक्ष अाई डब्लु सम्झना ज्ञवालीले तिजलाई माैलिक तरिकाले मनाउनु पर्ने बताइन् ।
क्लवका सदस्यहरू तिज गितमा दर खाँदै नाचगान गरी रमाइलो गरेकाे संयाेजक अर्पणा श्रेष्ठले बताइन् । तिज मिलन कार्यक्रममा अाई डब्लु बुलबुल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गरेकी थिइन् ।
दबारा
प्रकाशित मिति : सोमबार, भाद्र १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्