पाल्पा,
पाल्पाकाे राम्दीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागीरी गाउँपालिका –६ का ३० वर्षीय रेशम जुग्जाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भैरहवाबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको लु १ ख ८९५० नम्बरको बसलाई प्रहरी चौकी राम्दिबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा लागु औषध फेला परेको हो ।
जुग्जालीको साथबाट लागु औषध डाइजेपाम ६५ एम्पुल, नुफिन ६६ एम्पुल, फेनारगन ६५ एम्पुल, सिरिंज ५ थान र सोमा प्रयोग हुने निडिल ३ थान फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्