काठमाण्डौआ
ज लुम्बिनीसहित गण्डकी र बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा बदलीसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि बादल लागेको छ । दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहान रूपन्देही, चितवन, खोटाङ, मोरङलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्