रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

काठमाण्डौ ।

 

काठमाण्डौमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन् ।

 

भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले दिउँसो साढे ४ बजे राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यसलगत्तै प्रतिवेदन अनुमोदन गरेर केही अभियान तथा महाधिवेशनको मिति र ठाउँ घोषणासहित भेला सक्ने कार्यतालिका छ । राजनीतिक विषयवस्तुमा यसअघि नै छलफल भइसकेकाले प्रतिवेदनमाथि बोल्ने कार्यसूची नराखिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

 

भेलामा हिजो पेश भएका साङ्गठनिक प्रस्ताव, सात वटा प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन र अनुशासन आयोग प्रतिवेदनमाथि भने बिहान सामूहिक छलफल भइसकेको छ ।

 

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हिजो शुरू भएको हो । भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट झन्डै १५ सय जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : बुधबार, असोज २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij