बुटवल-तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २८ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले कार्यबाहक अध्यक्ष पार्वती थापाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारीत गरेको छ ।
साधारण सभाले शेयर सदस्यहरुको आर्थिक सशक्तिकरणकालागि उत्पादन मुलक क्षेत्रमा लगानी बढाइ शेयर सदस्यहरुलाइ स्वरोजगार बनाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारीत भएको हो । सधारण सभाले चालु आर्थिक बर्षकालागि ६ करोड ८८ लाख ३८ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारीत गरेको छ । सहकारीको चुक्ता शेयर पँुजी ५ करोड ४२ लाख ८६ हजार छ । ५० करोड १० लाख ३४ हजार निक्षेप संकलन गरेको सहकारीले ४४ करोड ४० लाख ६१ हजार रुपैँया कर्जा लगानी गरेको छ । सधारण सभामा लेखा सुपरिवेक्षक समितिका संयोजक कुलबहादुर भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यबाहक अध्यक्ष पार्वती थापाको अध्यक्षता,संचालक जोवान सिंंह ठकुरीको स्वागत र कोषाध्यक्ष प्रदिप पराजुलीको संचालनमा सम्पन्न भएको साधारण सभाको उदघाटनसत्रमा प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष यमबहादुर खत्री,सल्लाहकार दामोदर खनाल,शेयर सदस्यहरु बिष्णुकला पाण्डे,असिम थापा लगायतले बोल्दै सहकारीले वित्तिय अनुशासनमा कायम राख्दै ऐन,नीति र विधि अनुरुप संचालन भइरहेको बताए ।
सहकारीले गत बर्ष बृक्षा रोपण,स्वास्थ्य शिवीर,सहकारी शिक्षा तथा आर्थिक सशक्तिकरण सम्बन्धि बिभिन्न कार्यक्रमहरु गरेको छ । सुत्केरी सम्मान कार्यक्रम अन्तर्गत सुत्केरी पोषण खर्च स्वरुप गत बर्ष ११ जनालाइ जनही २ हजारका दरले प्रदान गरीएको र चालु बर्षमा सो रकम बढाएर ३ हजार पुर्याउने प्रस्ताव गरीएको छ । त्यस्तै गत बर्ष दुर्घटनामा ज्यान गुमाएका सहकारीका तत्कालिन अध्यक्ष र २ जना सदस्यको परिवारलाइ जनही २÷२ लाख रुपँेया दुर्घटना राहत कोषबाट प्रदान गरीएको छ । गत मंसिरमा सहकारीका तत्कालिन अध्यक्ष माधव प्रसाद देवकोटा र सिष्टर सोसाइटीका संयोजक यादा क्षेत्रीको सडक दुर्घटनामा परि मृत्यु भएको थियो । शेयर सदस्य जयालक्ष्मी श्रेष्ठको गत फागुनमा सडक दुर्घटनाबाट मृत्यु भएको थियो । तीनै जनाको परिवारलाइ जनही २ लाखका दरले ६लाख रुपँैया दुर्घटना राहत कोषबाट प्रदान गरीएको सहकारीका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यसैबिच गत मंसिर ४ गते भएको सडक दुर्घटनामा संस्थाका अध्यक्ष माधवलाल देवकोटाको मृत्यु भएपछि रिक्त रहेको अध्यक्ष पदमा कार्यबाहक अध्यक्ष पार्वती थापा निर्वीरोध निर्वाचित हुनुभएको छ । रिक्त रहेको अध्यक्ष पदमा पदपुर्ति गर्नकालागि संस्थाको विधान अनुरुप उप–निर्वाचन भएको हो । अध्यक्षको निधन पश्चात गत मंसिरमा बसेको सल्लाहकार सहितको संचालक समितिको बैठकले उपाध्यक्ष थापालाइ कार्यबाहकको जिम्मेबारी दिएको थियो । शनिबार सम्पन्न २८ औं साधारण सभाले कार्यबाहक अध्यक्ष थापाको राजीनामा स्वीकृत गरी उपनिर्वाचन मार्फत अध्यक्षमा निर्वीरोध निर्वाचित गरेको प्रमुख निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, असोज १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्