काठमाडौं
जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा एक युवाको मृत्यु भएको छ।
गएराति हात्तीको बथानको आक्रमणमा परेर बेलौरी नगरपालिका ६ का २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको बताए। चौधरीसहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए।
उमेश चौधरीले से ४ प ८६१८ नम्बरको मोटरसाइकल चालक थिए। ‘हिजो हराएका उमेशको शव आज बिहान जंगलमा फेला परेको जोशीले बताए।
प्रकाशित मिति : मंगलबार, असोज २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्