काठमाण्डौ –
बीपी राजमार्गको काभ्रे रोशी गाउँपालिका पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेको छ । लामो प्रयासपछि मर्मत गरी १४ दिनपछि खुलेको सडकमा फेरि पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पहिरोले दुई वटा गाडीमा क्षति पुर्याएकाे छ। तर मानविय क्षति भने भएको छैन । एउटा खाली बस र अर्को खोटाङबाट काठमाण्डौका लागि छुटेको गाडीमा सुक्खा पहिरोले क्षति गरेको हो । ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले जानकारी दिनुभयो ।
प्रहरीले दिएको जानकारीअनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको हो। यस्तै, खोटाङबाट काठमाडौँ आउँदै गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ। हाल पहिरो खसिरहेको हुनाले बिपी राजमार्ग भएर यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।
यसअघि विभिन्न ठाउँमा क्षति भएको सडकमा डाइर्भसन मिलाएर सञ्चालन गरिएको थियो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्