गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर

गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर

गुल्मी- गुल्मीमा जीप दुर्घटनामापरि १४ जना घाईते बनेका छन । बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सारहुँदै वाग्लुङ्को बडिगाड गाउँपालिका अन्तरगत खौलारतर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको यात्रु वाहक जीप आज बिहान गुल्मीको मुसिकोट नगरपालिका ५ स्थित ईन्देगौंडामा दुर्घटना भएको हो ।

दुर्घटनामापरि चालक सहित १४ जना घाईते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन । घाईतेहरु मध्य केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने अन्यलार्ई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगिएको छ ।
बिहान नौ वजेको समयमा भएको उक्त दुर्घटनामापरि घाईते भएकाहरु मध्य तीन जनाको अबस्था गंभिर रहेको छ । दुर्घटनामा परेकाहरुलाई नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको थियो । जीप अचानक अनियन्त्रित हुँदा सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij