JanataToday.com

Advertisment

SKIP THIS

यू-२० काभा भलिबलको फाइनलमा नेपाल

यू-२० काभा भलिबलको फाइनलमा नेपाल

काठमाडौं :

काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५- २० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए । नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटको पराजित भएको थियो ।

तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाईनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिए । नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू–२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भईरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो ।

 

प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij