काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा पाेखरामा दिनहुँ प्रदर्शन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौ केन्द्रित आन्दोलन सुरु गरेको हो ।
रास्वपाले बिहीबार पाेखरामा पत्रकार सम्मेलन गरी पाेखराकाे प्रदर्शन स्थगित गरेर काठमाडौ केन्द्रित आन्दोलन गर्ने जानकारी गराएको थियो ।
प्रदर्शनकारीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्