JanataToday.com

Advertisment

SKIP THIS

द हङकङ सिक्सेस क्रिकेटको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ल्यान्डसँग खेल्दै

द हङकङ सिक्सेस क्रिकेटको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ल्यान्डसँग खेल्दै

काठमाण्डौ – २०औं द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ल्यान्डसँग खेल्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार आज बिहान ७ बजेर १० मिनेटमा शुरु हुनेछ ।

तीन पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङ्ल्यान्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ । प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया र इङ्ल्यान्डसँग रहेका छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग छ ।

प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘बी’ मा नेपाल, इङ्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij