प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्।
शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे पर्सी बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए।‘अब अर्को एउटा मेची महाकाली अभियान चलाउँदै छु,पर्सी हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारीसभा गर्नेगरी हामी निर्णय गर्दैछौं,’ प्रचण्डले भने, ‘मलाई विश्वास छ, उनीहरुको सातो त गइनै सकेको छ। उनीहरु होपलेस भैनै सकेका छन्। उनीहरुलाई होपलेस हुन दिनुपर्छ र हामीहरू नयाँ आत्मविश्वासका साथ एउटा नयाँ आन्दोलनमा हामी जानुपर्दछ।’प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक स्थिरता नहुने भन्दै अब आफू त्यसैलाई एजेन्डा बनाएर आन्दोलित हुने समेत जिकिर गरे।
‘यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन र त्यो प्रमुखले पाँच वर्ष शासन गर्न पाउँदैन स्थिरता हुँदैन,’ उनले भने, ‘बेथितिको अन्त्य हुँदैन। त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारासहित सबै उत्पीडित जाती, वर्ग, लिंग र समुदायलाई आन्दोलित गर्ने हिसाबले एउटा नयाँ संकल्पसहित म जाँदै छु।
प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्