काठमाण्डौ –
इङ्गिलश प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी, नटिङघम फरेस्ट र न्यूक्यासल तथा टोटनहम र इपस्विच टाउन नेपाली समय अनुसार राति पौने ८ बजे खेल्दैछन् । त्यस्तै राति सवा १० बजे आर्सनल र चेल्सीबीच खेल हुनेछ ।
चेल्सी १० खेलमा १८ अङ्कसहित तालिकाको पाचौँ र समान १० खेलमा समान १८ अङ्क नै रहेको आर्सनल छैठौँ स्थानमा छ ।
गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले एस्टनभिल्लालाई हरायो । साविक विजेता म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भयो ।
शीर्ष स्थानको लिभरपुलको ११ खेलमा २८ अङ्क छ । सिटी ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा, नटिङघम फरेस्ट १० खेलमा १९ अङ्कसहित तेस्रो र ब्राइटन ११ खेलमा १९ अङ्कसहित चौथो स्थानमा छ
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्