अभिनेता प्रकाश भन्छन , अग्निदहन फिल्म मात्रै होइन,सामाजिक अभियान हो।

अभिनेता प्रकाश भन्छन , अग्निदहन फिल्म मात्रै होइन,सामाजिक अभियान हो।

बुटवल,

बोक्सी कुप्रथाविरुद्ध सामाजिक सन्देश दिने फिल्म ‘अग्निदहन’को प्रदर्शन मिति तय गरेसंगै आफ्नो प्रमोशनल टुरलाई तिब्र बनाएको छ। २०७५ सालमै अवार्ड प्राप्त गर्न सफल फिल्मलाई वर्षौं लामो पर्खाइपछि निर्माताले मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।

शनिबार देखि मोफसल यात्रामा निस्किएको फिल्म ‘अग्निदहन’ राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको थियो। यो फिल्मलाई देशब्यापी च्यारिटी स्क्रिनिङ गरिएको छ ।आइतबार पोखरा पछि बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बिशिस्ठ संरक्षक मोहनराज पौडेलले आफु व्यवसायिक रुपमा पैसा कमाउन भन्दा अपनी सामाजिक कुप्रथा बिरुद्ध फिल्म मार्फत अभियान लिएर आएको बताएका छन्। उनले काठमाडौँ जाने क्रममा बाटोमा देखिएको बोक्सी कुप्रथालाई टपक्क टिपेर फिल्म बनाइएको समेत बताउनुभयो।

त्यस्तै निर्देशक घनश्याम लामिछानेले ‘बोक्सीको आरोपमा धेरै महिलाहरुमाथि अनैतिक कार्य, कुटपिट, लाञ्छना, आरोप लागाउने काम भएको छ, त्यस्ता सत्य घटनालाई सामाजिक कथाको रुपमा फिल्मले उतार्ने प्रयास गरेको बताए। नेपाली फिल्मलाई पछिल्लो समय दर्शकले अपार माया दिएकै कारण यो सामाजिक अभियान सफल हुन्छ भन्नेमा आशावादी रहेको निर्देशक लामिछानेले बताए। निर्देशक घनश्याम लामिछानेले डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको लामिछानेको भनाइ छ ।उनले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले तिलोत्तमामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेता प्रकाश घिमिरेले फिल्मको सामाजिक अभियानमा जोडिन पाउदा खुसि ब्यक्त गरेका छन्। यो एक परिवारका बालबालिका , बिद्यार्थी, अभिभावक, र अभियन्ताहरुले समेत हेर्ने पर्ने सामाजिक फिल्म भएकाले सबैको माया पाउनेमा आशाबादी रहेका छन्। आफुले अहिले सम्म गरेको कथा भन्दा फरक रमाइलो र हेर्ने पर्ने चलचित्र ‘अग्निदहन’ बनेकोले सबै दर्शकले माया गरिदिन आग्रह समेत गरेका छन् । फिल्म टोली पोखरा, बुटवल हुँदै आजै चितवन पुग्ने छ भने हेटौडा, झापा लागायतका जिल्लामा पुगी दर्शक र पत्रकार भेटघाट कार्यक्रम गर्ने निर्देशक घनश्याम लामिछानेले बताएका छन्।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला ताम्राकार तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ।फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij