काठमाण्डाै – यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको छ ।
नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस्तै ६ जना ब्याटरले १ रन पनि जोड्न सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालकालागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्राे खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएकाे थियाे ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्