डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिनभित्रमा उठाउने

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिनभित्रमा उठाउने

काठमाण्डाै – लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिनभित्रमा उठाउने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्ले ‘टाइम अफ डे’ अर्थात् (टीओडी) मिटरको तथ्याङ्कका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योगहरूसँग विद्युत् बक्यौता उठाउने निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्राधिकरणले अहिले २८ वटा उद्योगको लाइन काटेको छ । काटिएका उद्योगहरूको लाइन पनि १५ दिनभित्र जोड्नुपर्ने भनिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले हिजो भएको मन्त्रिपरिषद्को निर्णय प्राप्त भएपछि मात्रै प्राधिकरण अगाडि बढ्ने बताउनुभयो ।

यसअघि विद्युत् प्राधिकरणले ५० हजारभन्दा धेरै पानाकाे टीओडी मिटरको तथ्याङ्क लेखा समितिलाई बुझाएको थियो । तर उद्योगीहरूले टीओडीको विवरण माग्दा प्राधिकरणले नदिएको बताउँदै आएका छन् । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रङ्क लाइनको आठ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको बताउँदै आएको छ ।

यसैबीच आज नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले ऊर्जामन्त्री एवम् प्राधिकरण सञ्चालक समिति अध्यक्ष दीपक खड्कालाई पत्र लेखेर बक्यौता नउठाई काटिएको लाइन जोडेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij