भैरहवामा ‘भिजिविलिटी’ नपुगेपछि रोकिएका रविलाई पुःन भैरहवा ल्याउने तयारी

भैरहवामा ‘भिजिविलिटी’ नपुगेपछि रोकिएका रविलाई पुःन भैरहवा ल्याउने तयारी

रुपन्देही

भैरहवा विमानस्थलमा ‘भिजिविलिटी’ नपुगेपछि जहाजमा चढिसकेका रविलाई झारेर प्रतीक्षा कक्षमा राखिएको मा फेरी दोश्रो पटक जहाजमा भैरहवा आउने तयारी भैरहेको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई आज रुपन्देही ल्याउने कार्यक्रम थियो। तर, प्रतिकूल मौसमका कारण भैरहवा विमानस्थलमा ‘भिजिविलिटी’ नपुग्दा बुद्ध एयरको जहाज चढिसकेका रविलाई झारेर प्रतीक्षा कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई बिहान पौने ८ बजे नै पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो। तर, जहाज उड्न नसकेपछि उनलाई पोखरा विमानस्थलमै राखिएको हो।

विमानस्थल स्रोतका अनुसार बिहान भैरहवामा बोक्लो हुस्सु र कुहिरो लागेको थियो।
मौसममा क्रमिक सुधार हुदै गएकाले अहिले पुःन भैरहवा उडान हुन लागेको हो ।

 

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij