JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः लुम्बिनी शाक्यन विजयी

रूपन्देही सुपरलिगः लुम्बिनी शाक्यन विजयी

भैरहवा,

लुम्बिनी शाक्यन क्लबले बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गरेको हो ।
यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले ३–३ तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको बुद्ध ३० ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनमा समेटियो । उसका लागि प्रवेज अन्सारीले ३४, रामकृष्ण यादवले अविजित ३१ र अजित यादवले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनी शाक्यनका बैतुल्लाह खानले ४, अहम्मद खान र विष्णु थापाले २–२ तथा अजमित अली र संजय राजभरले १–१ विकेट हात पारे । खेलमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij