ग्रेस ईन्टरनेसनल को १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण

ग्रेस ईन्टरनेसनल को १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण

बुटवल,
ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनको १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवलको देवीनगरमा रहेको नेपाल अपांग आश्रममा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको लागि न्यानो कपडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले ८० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामग्रीहरू वितरण गरिएको बताए।

 

आश्रमका अध्यक्ष डोल बहादुर रामदामले अनाथसँगै अपांग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ–संस्थाको सहयोगबाट आश्रम चलिरहेको बताए । उनले हाल आश्रममा ३८ जना आश्रित रहेको जानकारी दिए ।
कार्यक्रममा काउन्सिलर प्रविना खनाल, क्यानडा संयोजक प्रशान्त न्यौपाने, अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij