JanataToday.com

Advertisment

SKIP THIS

यूएईसँगकाे खेलमा नेपाल टस हारेर बलिङ गर्दै

यूएईसँगकाे खेलमा नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डाै – १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गत यूएईसँगकाे अन्तिम खेलमा नेपालले टस हारेकाे छ ।

सेभेन्स स्टेडियममा घरेलु टाेली यूएईले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे छ । यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले यूएईलाई हराएर मात्रै पुग्दैन, राम्रो रन रेटमा हराउनुपर्ने हुन्छ ।

चार वटा देश सहभागी प्रतियोगितामा यूएई ५ वटै खेल जित्दै १० अङ्कसहित शीर्ष स्थानमा छ । यूएईको नेट रन रेट ४ दशमलव ७९१५ रहेको छ । नेपाल ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको नेट रन रेट ४ दशमलव ३३०० रहेको छ । यदि यूएईसँग पराजित भएमा १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्ड र कुवेत दुवै टाेली विश्वकपमा छनाेट हुने सम्भावना समाप्त भइसकेकाे छ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij