रुपन्देहीका १३ उद्योगमा बिद्युत जडान

रुपन्देहीका १३ उद्योगमा बिद्युत जडान

ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापतको विद्युत महशुल नतिरेको भन्दै लाईन काटिएका रुपन्देहीका १३ उद्योगमा बिद्युत जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले लाईन काटिएका उद्योगमा बिद्युत जोड्ने निर्णय गरेपछि रुपन्देहीका १३ उद्योगमा लाईन जडान गरिएको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

रुपन्देहीका उद्योगमा मंगलवार राति गएर बिद्युत लाईन जडान गरिएको हो । मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने निर्णय गरेपछि बिद्युत प्राधिकरणले सरकारको निर्णय कार्यन्वयन गर्दै लाईन काटिएका उद्योगमा बिद्युत जडान गरिएको प्राधिकरणले जनाएको छ ।

बिद्युत प्राधिकरणले टं«क र डेडिकेटेट लाईन प्रयोग गरेको महशुल नतिरेको भन्दै रुपन्देहीका १८ वटा उद्योगको लाईन काटेको थियो । लाईन काटिएपछि ५ वटा उद्योगले लाईन काटिएको केहि समयमै बिद्युत महशल बुझाएका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे ९टीओडी० मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको उर्जा मन्त्रालयले जनाएको छ ।

प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै रुपन्देहीका १८ सहित २८ उद्योगमा बिजुली काटेको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij