काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मङ्सिर १५ गते पर्सि शनिवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ ।
पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्