आज बालाचर्तुदशी पर्व मनाइँदै

आज बालाचर्तुदशी पर्व मनाइँदै

काठमाण्डौ – आज बालाचर्तुदशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् ।

 

शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ ।

 

काठमाण्डौको पशुपति क्षेत्रका १४ ठाउँमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, बाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।

 

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न हिजो बिहानैदेखि देशका विभिन्न ठाउँबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो ।

 

जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij