६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि

६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि

विश्वभर एचआईभी सङ्क्रमण घट्दै गर्दा छ वटा देशमा भने उच्च रूपमा बढेको पाइएको छ । सन् २०१० देखि २०२३ को बीचमा अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमास एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि भएको एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले जनाएको छ ।

 

सन् २०१० यता विश्वमा एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घट्नुको साथै ज्यान गुमाउने मानिसको सङ्ख्या आधाले घट्दा पनि छ वटा देशमा संक्रमण र ज्यान जाने घटना दुवै बढेका हुन् । यूएनएड्सका अनुसार अहिले विश्वमा झन्डै चार करोड मानिसलाई एड्स भएको छ । तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन् ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij