अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ ,
आज डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकार स् मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।

महिनावारी प्राकृतिक अवस्था भए पनि निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् । यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगारलगायतमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै आएको छ ।

महीनावारीलाई विभेद र छुवाछुत नभई अब मानवअधिकारको दृष्टिकोणबाट बुझ्नुपर्नेमा अधिकारकर्मीहरुको जोड रहेको छ । महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो ।

मर्यादित महिनावारीमा सामान्यतया २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा, हुनु हुँदैन । मर्यादित महिनावारीले हाम्रो वरपर भएका अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी रहेको छ ।

मर्यादित महिनावारी दिवसको यस वर्ष छैटौँ संस्करण हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ ९मस्यौदा० तयार गरी काम गरेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij