नेवा देय् दबू तिलोत्तमाको अध्यक्षमा दिनेश कक्षपति

नेवा देय् दबू तिलोत्तमाको अध्यक्षमा दिनेश कक्षपति

तिलोतमा -नेवा देय् दबू तिलोतमा नगर समितिको दोस्रो अधिवेशनले दिनेश कक्षपतिको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ, उपाध्यक्षमा नरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सुशीला श्रेष्ठ, महिला सचिवमा राधा श्रेष्ठउदय, सचिवमा दिपेश कुमार अमात्य र कोषाध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले २४ सदस्यीय कार्यसििमति चयन गरेको निर्वाचन समितिका संयोजक डा। निरञ्जनलाल कक्षपतिले जानकारी दिए । निर्वाचन संयोजनमा किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठले समेत सहयोग गरेका थिए । अविधेशनको अवसरमा बोल्दै नेवा देय् देवु जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठले नेवा समुदायको एकता तथा परम्पराहरुको संरक्षणमा जोड दिए । नेवा समुदायको सांस्कृतिक पहिचान, परम्परा, र संरक्षणमा उनको जोड थियो । नव नियुक्त अध्यक्ष दिनेश कक्षपतिले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि युवापुस्ताको संलग्नतालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिँदै नेवा संस्कृति, भाषा, र परम्परागत चाडपर्वको जगेर्ना गर्ने प्रतिबद्धता गरे ।

जिल्ला सचिव नीमप्रसाद श्रेष्ठ, देवदहका अध्यक्ष कुशल श्रेष्ठ, झिगु नेवा पुच शंकरनगरका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश सदस्य दुर्गा श्रेष्ठ लगायतले बोल्दै नेवा देय् दबूको महत्व र नेवार समुदायको संस्कृतिको जगेर्नामा जोड दिए । कार्यक्रममा नेवा देय् दबु बुटवलका अध्यक्ष सुन्दर श्रेष्ठ र कोषाध्यक्ष राजु भारी, कञ्चन गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर श्रेष्ठ र तिलोत्तमा नगरमा रहेका खलः पुचका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित मिति : बिहिबार, पुष ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij