JanataToday.com

Advertisment

SKIP THIS

सिद्धार्थनगर नगरपलिकाले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने

सिद्धार्थनगर नगरपलिकाले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने

भैरहवा,

रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने भएको छ ।

नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासलाई लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस २७, २८ र २९ गते सिद्धार्थनगर नगरपालिका बडा नं १ मा रहेको पक्लिहवा माध्यमिक बिद्यालयमा प्रतियोगिता हुने छ । आवश्यक परे पक्लिहवा कृषि क्याम्पसको खेलमैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख चेतनशिल लम्सालले जानकारी दिनुभयो । प्रतियोगितामा तेक्वान्दो, एथलेटिकस, कबड्डि, भलिवल जस्ता खेल हुने छन् । प्रतियोगिता सचांलनकालागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दो तर्फ दिपेन्द्र बुढाप्रिति, एथलेटिक्स तर्फ कृष्ण शाक्य, कबड्डि तर्फ महेन्द्र बहादुर सुनार र भलिवल तर्फ दिनेश आचार्यलाई सयोजक तोकिएको छ ।

प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका अन्तरगत रहेका सामुदायिक, संस्थागत बिद्यालयहरुको सहभागिता रहने छ ।

प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij