हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

 

काठमाण्डौ – तराई/मधेशमा केही दिनदेखि बिहान/बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले कुहिरो तथा हुस्सु लागेका बेला सम्भावित जोखिम क्षेत्रमा सामान्य गतिमा गाडी चलाउन र बत्तीको प्रयोग गर्न अनुरोध गरेको छ ।

कार्यालयका सहायक हवल्दार सतिश ठाकुरका अनुसार बाक्लो हुस्सु र कुहिरो लागेका बेला राजमार्ग तथा भित्री बाटोमा गाडी चलाउँदा चालकलाई अनिवार्य हेडलाइट, इमर्जेन्सी लाइट बाल्न सचेत गराइएको छ । चालक सचेत भएमा सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।

हुस्सु र कुहिरो लागेका बेलामा बाटो राम्ररी देखिँदैन तर सचेत भएर चलाउँदा चालकसहित यात्रु सुरक्षित हुन्छन् । सुरक्षित यात्रा गर्न ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ । राजमार्गमा चल्ने गाडी र यात्रुको सडक सुरक्षाका लागि अभियान नै चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

कम प्रकाश हुँदा देख्नका लागि साइकल, अटो रिक्सा, ट्याक्टरको टालीमा टल्कने अर्थात् ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने, बिहान र बेलुका जाँचलाई थप प्रभावकारी बनाउने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

हुस्सु र कुहिरोले दृश्य कमजोर र बाटो चिप्लो भएपछि गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij