JanataToday.com

Advertisment

SKIP THIS

इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज आर्मी र नेपाल पुलिस खेल्दै

इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज आर्मी र नेपाल पुलिस खेल्दै

काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दैछन् । हिजो मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पुलिस क्लबले सेमिफाइनलमा भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै अस्ति मङ्गलवार नै फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो सेमिफाइनलमा आर्मी र मणीमुकुन्द क्लब खेल्दा चिसोका कारण खेल स्थगित भएको थियो ।

यो खेल हिजो भएपछि हिजैका लागि तय भएको फाइनल खेल आजलाई सरेको हो । तेस्रो स्थानका लागि पनि आजै खेल हुनेछ ।

इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij