बुटवल,२५ पुस ।
शीतलहरका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा पुनः सवारी आवागमन अवरुद्ध भएको छ ।
मङ्गलबार रातिदेखि अवरुद्ध भएर हिजो केही समय एकतर्फी रुपमा सुचारु भएकाे सडक गएराति देखि पुनः अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्ने खण्ड पार गरेका छन् ।
बुटवल-नारायणगढ सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या भएको छ । पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।
प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्