बुटवल , पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि साना सवारीका साधनहरुलाई सञ्चालन गर्न डाइभर्सनको व्यवस्था रहे पनि ठूला सवारी साधनका लागि नयाँ डाइभर्सन खोल्नुपर्ने जनाएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु बिचल्लीमा परेका छन् । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको हो ।
प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्