सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा वार्षिक खेलकूद सप्ताह सुरु

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा वार्षिक खेलकूद सप्ताह सुरु

 

तिलोत्तमा-सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा शनिबारदेखि वार्षिक खेलकूद महोत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिका-४ मा अवस्थित विद्यालयमा ३ दिनसम्म हुने खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेल महोत्सवको पहिलो दिन विद्यार्थीले मार्चपास र ओलम्पिक मसालसहित विद्यालय प्राङ्गणको परिक्रमा गरेका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले विद्यार्थीको सर्वाङ्गिर्ण बिकासका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । यसैगरी विद्यालयका अध्यक्ष रामलाल श्रेष्ठ, प्रवन्ध निर्देशक बाबुराम खनाल, सहप्राचार्य रमेश प्रसाद बस्याल, लगायतले बोल्दै सिद्धार्थ बोर्डिङले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिएका कारण खेलकूदमा महत्वका साथ भाग लिने लिने गरेको उल्लेख गरे । प्रतियोगितामा विद्यार्थीले ९० स्वर्ण , ९० सिल्भर र ९० बराउन गरि  कूल २७० पदकका लागि प्रतिस्पर्धा गर्ने  छन् । कक्षा नर्सरीदेखि कक्षा तीन सम्मका बिद्यार्थी हरुको खेलकुदका कार्यक्रम माघ तीन गते संचालन हुने खेल सम्योजक मेघराज भट्टराई ले जानकारी गराउनुभयो ।

आज भएका खेलहरूमा १०० मिटर दौड, २०० मिटर दौड र ४०० मिटर दौड , लंगजम्प , हाइजम्म, चम्चा दौड , प्लेट रेस , ज्याभ्लिंथ्रो  का साथै बिबिध साँस्कृतिक प्रस्तुती समेत रहेका थिए ।

पौष २६-२९ सम्म सञ्चालन हुन गइरहेको सिद्धार्थ खेलकुद सप्ताह २०८१ को सम्पूर्ण तयारी सहित  विद्यालयका प्राचार्यद्वारा ट्रफी सार्वजनिक गरिएको  थियो । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : शनिबार, पुष २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij