JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका  मा शनिवारदेखी  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिती रुपन्देहीका सयोंजक उमाकान्त चपाईले मुलुकलाई चिनाउने पहिलो माध्यम अहीले खेलकुुद बनेको उल्लेख गर्दै खेल क्षेत्रको बिकासकालागी सवै पालिकाहरुले लगानी बृद्धी गर्नुपर्ने बताए । पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखन थालेको उल्लेख गर्दै उनले यो सकारातम भएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले स्वस्थ्य शरिरवाट मात्रै स्वस्थ्य मतिष्कको बिकास हुनेहुँदा बिद्यार्थीको सर्वाङ्गिण  विकास गर्न प्रतियोगिता आयोजना रिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए ।

उपप्रमुख उमा अधिकारीले खेलले विद्यार्थीलाई लनसिशल र अनुुसासित बनाउने चर्चा गर्दै अनुुसासनलेनै मानिसलाई सफल बनाउने बताईन् । तिनदिनसम्म चल्ने उक्त प्रतियोगितामा नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभाीता रहेको छ । खेल उद्घाटन पुर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक बिद्यालयको खेल मैदानमा झाकी सहितको मार्चपास गरेका थिए । मार्चपासका अमर ज्योति माध्यमिक प्रथम, मुनलाई मावि द्धीतीय र सुसस्कृत मावी तृतीय भएका थिए । उनिहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेका छन् । प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागीता रहेको युवा, शिक्षा तथा खेलकुुदा शाखाका प्रमुख चेतनसिश लम्सालले जानकारी दिए । त्यस्तै कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहेको छ । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता छ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता रहेको छ । प्रतियोगिता अवधिभर ४२ वटा ईभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहनेछ । सबै ईभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानवी पाण्डेले बताईन् । कार्यक्रममा वडा नं ६ का बडा अध्यक्ष विरेन्द्र श्रीवास्तव, शिक्षा समिती सदस्य मोतिलाल सुवेदी, गोकुुल पोखरेल, वेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक विना भण्डारी लगायतले बोलेका थिए । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथि, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ

प्रकाशित मिति : शनिबार, पुष २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij