राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । लामिछानेकाे तर्फवाट थुनछेक बहस सकिएपछि अब जाहेरीवालाकाेतर्फवाट सुरू भएकाे छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा साे बहस भइरहेकाे हाे ।हिजाे सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए । तर, आज उनी कार्यालय खुल्ने बितिक्कै अदालतल पुगेका थिए, जसअनुसार उनकाे थुनछेक बहस भएकाे थियाे ।

हिजो अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिएका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर थुनछेक बहस नसकिएकाले उनले कम्तिमा एकदिन हिरासतमा बस्न बाध्य भएका हुन ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार भने हाजिर हुन भने सकेका थिएनन् ।

हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर भएका हुन । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाइ लागेको छ ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij