बुटवल-श्री मोतिपुर माध्यामिक विद्यालय बुटवल १७ को ६४ औ वाषिर्कोत्सव तथा अभिभावक दिवस २०८१ मुल समारोह सम्पन्न भएको छ
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले ६४ औँ वार्षिकोत्सवको अवसरमाको शुभकामना व्यक्त गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि सधैंभरि तयार रहेको बताए ।
शौक्षिक क्षेत्रमा थप सफलता प्राप्त गर्न शिक्षाको गुणस्तरमा अझै बृद्धि गर्न विद्यालयलाई आग्रह गरे ।उनले शिक्षा प्राप्त गर्नु पाउनु नागरिकको पहिलो अधिकार भएको बताउदै यसका निम्ती नगर सदैव साथमा रहेको बताए ।
उनले विद्यालयको भौतिक पूर्वाधार विकासमा बुटवल उपमहानगरपालिकाले सहयोग गरिरहेकोमा जोड दिँदै नगरपालिकाले खेलकुद, संस्कृतिक र सिर्जनात्मक कार्यमा शिक्षा क्षेत्रलाई जोड्न आवश्यकता रहेको धारणा व्यक्त गरे ।
उनले शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधारमा सबैजना लाग्नुपर्ने बताएका थिए । नीजी स्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने समेत बताएका थिए । उनले भने–‘हामीले आ आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरीरहेको छ, सबैले आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, साथै गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष ओम घिमिरे बाबुरामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल १७ का अध्यक्ष ज्ञान बहादुर रेश्मिले यस विद्यालयको भौतिक पूर्वाधार विकास , विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी नुरपति नेपाल,बुटवल १९ का अध्यक्ष चन्द्र सिंह थापा, शिक्षक महासंघ बुटवलका अध्यक्ष उपेन्द्र ज्ञवालीले, पूर्व व्यवस्थापन समिती अध्यक्ष भिम प्रसाद न्यौपाने, भूतपूर्व शिक्षक उमानन्द घिमिरे , प्रेम नारायण भण्डारी ,पूर्व शिक्षक नेत्र बहादुर कार्की,मदरल्याण्ड इ बोडिग स्कुलका प्रिन्सिपल मणिरत्न भण्डारी, माया भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण मरासेनीले विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय र आर्थिक पक्षको प्रतिवेदन पेश गरेका थिए । उनले आर्थिक वर्ष २०८०।८१ को आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
उल्लेख्य रुपमा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलात्मक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए भने विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरिएको थियो।वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली माध्यममा पढाई भईरहेको छ । विद्यालयमा हाद सात सय विद्यार्थी ले अध्ययन गररहेको शिक्षक नरेन्दै शर्माले बताए
बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्राचार्यहरु , रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी , अभिभावकहरु, विद्यार्थीहरुको सहभागीता रहेको।
कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष ओम बहादुर घिमिरे बाबरामको अध्यक्षता ,साहायक प्रअ गणेस रानाको स्वागत एवम शिक्षक जयराम ढकालको संचालनमा सम्पन भएको हो ।
प्रकाशित मिति : बुधबार, माघ २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्