राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं – मन्त्रिपरिषद्‌बाट सिफारिस भएकामध्ये चार वटा अध्यादेश जारी भएको तीन दिनपछि राष्ट्रपति कार्यालयले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ जारी गरेको छ ।

गत २९ पुसमा अरु अध्यादेश जारी हुँदा राष्ट्रपति कार्यालयले यो अध्यादेश रोकेको थियो । वन र राष्ट्रिय निकुञ्जको जग्गा भूमिहीनलाई लालपुर्जासहित बाँड्ने व्यवस्था राखिएको भन्दै यो अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटकलाई मात्र लालपुर्जा दिने राष्ट्रपतिसँग प्रतिबद्धता जनाएपछि अध्यादेश जारी गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।

ती स्रोतका अनुसार अध्यादेशलाई संसद्‌बाट प्रतिस्थापन गर्ने विधेयक ल्याउँदा प्रधानमन्त्रीले यसको प्रतिबद्धता गर्ने र कमजोरी भए सुधार्ने उनले बताएका छन् ।

प्रकाशित मिति : बुधबार, माघ २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij