रानिगन्ज ,बुटवल–१७ रानिगंजमा रहेको श्री जनशक्ति नमूना भिम प्रसाद गोमता न्यौपाने आधारभुत विद्यालयको २० औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालयले बुधवार वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको हो ।
सोही अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरले शिक्षालाई जीवन उपयोगीका रुपमा लिनुपर्ने र सोही अनुसार अध्यापन गराउनु पर्नेमा जोड दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १७का अध्यक्ष ज्ञान बहादुर रेश्मिले विद्यालयमा कुनै पनि किसिमको भौतिक पुर्वाधारमा कमि आउन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो । अभिभावक, विधार्थी र जन प्रतिनिधि मिलेर यो विधालयलाई नमुना बनाउन सक्ने हुनाले सबै यो विद्यालय बनाउने तर्फ लाग्न आग्रह गर्नुभयो।
उहाँले शिक्षाको विकास भए मात्र बुटवलको विकास हुने बताउँदै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको विकास हुने र विद्यार्थीको विकाससंगै नगर पनि विकसित हुने बताउनुभयो । स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल हुनपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि शसस्त्र प्रहरी बलका डिएसपि सुशील थापाले बिद्यार्थी देशको भबिस्यको कर्णधार भएकाले उनीहरुको उज्ज्वल भबिस्यको कामना गरे। शिक्षा विद्यार्थीलाई सर्टिफिकेट प्राप्त गर्नका लागि नभई जीवन उपयोगि सीपका रुपमा प्रयोग हुने गरी अध्यापन गराउन जरुरी भएको बताए ।
कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यपक कल्पना भण्डारी ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यार्थी लाई सैद्धान्तिक ज्ञानले मात्र प्रयाप्त नभएको हुदा अतिरिक्त क्रियाकलापमा जोड दिनुभयो ।साथै समुदायको विद्यालय बुटवल उपमहानगरपालिका भित्रको विधालय भएर पनि अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका निबर्तमान अध्यक्ष भिम प्रसाद न्यौपाने,सस्थापक प्राध्यापक ग्याम लाल शर्मा गंगाराम ढकाल,सुनिता रास्कोटी लगायतले बोल्दै विधालयले शिक्षा मात्र नभई सस्कार पनि दिन जरुरी रहेको बताएका थिए ।
वार्षिक उत्सव सप्ताहमा विद्यालयले हाइजम्प,लमजम्प,हिसाब दौड,ब्यालेन्स ग्याम,१०० मिटर दौड,चम्चा दौड,कुर्चि दौड,क्याटरपिलर,अन्तर सदनात्मक वक्तृत्वकला ,हाजिरीजवाफ ,पिटि प्रदर्शन,सास्कृतिक लगायतका अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी एवम सहयोगदाताहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा स्वागत शिक्षक लक्ष्मी पाण्डे क्षेत्रीको स्वागत एवम शिक्षक सुशिला थापाको संचालनमा सम्पन्न भएको हो।
प्रकाशित मिति : बुधबार, माघ १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्